You are viewing the translated version of प्रदेशबाट इजाजतपत्र लिनु पर्ने.

Section 10
प्रदेशबाट इजाजतपत्र लिनु पर्ने
(१) पञ्जीकरण वा पुनः पञ्जीकरण गरिएका जीवनाशक विषादीको बिक्री वितरण, भण्डारण, व्यवसायिक प्रयोग तथा जीवनाशक विषादी छर्कने व्यवसाय गर्न चाहने व्यक्ति, संस्था वा निकायले प्रदेश जीवनाशक विषादी व्यवस्थापन समितिबाट इजाजतपत्र लिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र प्रदान गर्ने, नवीकरण गर्ने तथा त्यस्तो इजाजतपत्र खारेज गर्ने व्यवस्था प्रदेश कानूनले निर्धारण गरे बमोजिम हुनेछ।